सुर्योदय र काठमाडौं अवलोकन गर्न ‘होटल प्याराडाइज’
काठमाडाैं | पुस १८, २०७९
काठमाडौंः आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आर्कषण र सेवासुविधासहित प्याराडाइज विला बुटीक होटलले बुढानिलकण्ठबाट सेवा दिईरहेको छ ।
काठमाडौंको बुढानिलकण्ठबाट सेवा दिईरहेको प्याराडाइज विला बुटीक होटलबाट बिहानको सुर्योदयसँगै काठमाडौंको अवलोकन गर्न सकिने सञ्जालक बद्री महतले जानकारी दिए ।

‘आन्तरिक तथा बाह्य पर्यटकहरु शहर भन्दा बाहिर रमाउन थालिसकेका छन्, उनीहरुलाई नै मध्यनजर गर्दै सुर्योदय र काठमाडौंको अवलोकन गर्न मिल्ने गरी होटल सञ्चालन गरेका छौं’ सञ्चालक महतले भने ।
सञ्चालक महत अनुसार ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा भएको बताए । ‘बुटीक होटलमा २० वटा कोठाहरु रहेका छन्, उनले भने, ‘ ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा उपलब्ध छन्, अर्गानिकसँगै नेपाली खानाको स्वाद पाहुनालाई खुवाउन सफल भएका छौं ।

एनआरएन जापानका कोषाध्यक्ष समेत रहेका सञ्चालक दीपक सुनारले वैदेशिक रोजगारी भएको आम्दानीलाई स्वदेशमा लगानी गरेको बताए ।
‘वैदेशिक रोजगारीमा भएको आम्दानीलाई स्वदेशमा नै लगानी गरेका छौं, उनले भने, ‘स्वदेशमा नै लगानी गर्दा स्वदेशमा नै रोजगारी समेत सिर्जना भएको छ ।’
विभिन्न पेशा व्यवसायमा अग्रसर भईरहेका बद्री महत, दीपक सुनार ईश्वर सापकोटा र चन्द्रप्रसाद हुमागाइको सयुुक्त लगानीमा प्याराडाइज विला बुटीक होटल सञ्चालनमा आएको हो ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

